गोरखामा टिपरको ठक्करबाट महिलाको मृत्यु, क्रसर बन्द नगरेसम्म शव नउठाउने चेतावनी

गोरखामा टिपरको ठक्करबाट महिलाको मृत्यु, क्रसर बन्द नगरेसम्म शव नउठाउने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – गोरखामा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर १० अमलापानीकी ५२ वर्षीय मनमाया तामाङलाई शुक्रबार बिहान दूध बेच्न जाँदै गर्दा टिपरले ठक्कर दिएको हो ।

छेपेटारमा रहेको क्रसर उद्योगबाट निस्किएको टिपरले मनमायालार्य किचेको हो । उनलाई ग१ख ८०२७ नम्बरको टिपरको ठक्करबाट घटनास्थलमै मनमायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । आक्रोशित स्थानीय बासिन्दाले २० भन्दा बढी टिपर र छ वटा एक्साभेटरका सिसा फुटाइदिएका छन् । टिपर चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

स्थानीय बासिन्दाले क्रसर उद्योग बन्द नगरेसम्म शव नउठाउने अडान राखेका छन् ।