जम्मु–कस्मिरमा प्रहरी र आतंककारीबीच दोहोरो भीडन्त

जम्मु–कस्मिरमा प्रहरी र आतंककारीबीच दोहोरो भीडन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतको जम्मु–कस्मिरमा प्रहरी र आतंककारीबीच भीडन्त भएको छ । शुक्रबार बिहानै भएको भीडन्तमा तीन जनाको मृत्यु भएको छ ।

जम्मु–कस्मिर प्रहरीका अनुसार बिहान पाँच बजेतिर जम्मु–कस्मिर राजमार्गस्थित नाग्रोताको एक टोल प्लाजामा जाँचका क्रममा भीडन्त भएको हो ।

प्रहरीले जाँचका क्रममा श्रीनगर जान लागेको एउटा ट्रकलाई रोक्दा भित्र रहेका आतंककारीले गोली चलाएको दाबी गरेको छ । गोली लागेर एक जना प्रहरी घाइते भएको र ट्रकभित्रका तीन जना मारिएको बताइएको छ ।

मारिएकाहरू कुन समूहका सदस्य हुन् भन्ने खुलाइएको छैन । प्रहरीले घटनास्थललाई घेरा हालेको छ ।