सीआईबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन बुझायो

सीआईबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन बुझायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइएको हो ।

सरकारले २०७५ फागुन २८ गते ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो ।

स्रोतका अनुसार उच्च पदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल (भूमाफिया) सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएकोे निष्कर्षसहितको प्रतिवेदन उल्लेख छ ।

प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ ।

सो जग्गा सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै छानबिन गरिरहेको छ ।