लाइसेन्सको अनलाइन फारम बन्द

लाइसेन्सको अनलाइन फारम बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरिएको जनाएको छ । अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि सञ्चालन नभएको विभागले सूचना जारी गर्दै जनाएको छ ।

विभागले उक्त प्रणालीमा देखिएको समस्या यथाशीघ्र समाधान गरेर सञ्चालनमा ल्याइने जनाएको छ । विभागले गत वर्षदेखि नै देशभरका सेवाग्राहीले अनलाइन भरेका आवेदनबाट फारम बुझेर अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने गरेको छ ।