अब फेसबुक, ट्विटर र युटुवबाट विज्ञापन गरे मुद्रा अपचलनको मुद्धा लाग्ने

अब फेसबुक, ट्विटर र युटुवबाट विज्ञापन गरे मुद्रा अपचलनको मुद्धा लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अब फेसबुक, ट्विटर, युटुव, गुगल जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमा गरिने विज्ञापन गैरकानुनी हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना निकाल्दै सामाजिक संजालमा गरिने विज्ञापनमा अनौपचारिक माध्यामबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी रहेको बताएको हो ।

सामाजिक सञ्जालमा विज्ञापन गर्दा डलरमार्फत भुक्तानी हुन्छ । यसकै प्रयोजनका लागि नेपालमा डलर सटही गर्ने र नेपालकै माध्यमबाट भुक्तानी गर्ने सुविधा छैन । जसले गर्दा देशबाहिरकै माध्यमबाट सामाजिक सञ्जालमा विज्ञापन हुने गरेको छ ।

यसरी विज्ञापन गरेवापत भुक्तानी हुने रकम अनौपचारिक हुने भन्दै राष्ट्र बैंकले कडाई गर्न खोजेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार त्यस्तो कारोबारबाट विदेशी विनियम अपचलन हुने भएकोले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कारवाही हुनेछ ।