काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यात्राको क्रममा घटेको रमाइलो घटना सार्वजनि कगरेका छन् । भट्टराईले काठमाडौंबाट विराटनगरकोजहाज यात्राको रमाईलो किस्सा सार्वजनिक गरेका हुन् ।
विराटनगर उड्दै गर्दा विमान परिचारिका अर्थात एयरहोस्टेसले उनलाई तपाई डाक्टर होईन ? भन्दै सोधेको उनले उल्लेख गरको छन् । तर, उनलाई आफू बाबुराम भट्टराई भएको भन्ने कुनै जानकारी नभएको पनि उनले सुनाएका छन् ।
त्यस्तै उनले सुनसरीको चतरा कोशीपुलमा सानो चिया पसलमा एक युवतीले आफ्नो नाम लिएर चिच्याएको पनि उनले प्रसंग उल्लेख गरेका छन् । एयरहोस्टेसले चाहीँ चिकित्सककहाँ जाँदा देखेर तपाई डाक्टर हो भनेर सोधेको तर चिया पसलमा ती युवतीले चाहीँ फोटो र टिभीमा देखेर चिनेको बताएकी थिईन् ।
आफ्नो ट्विटर ह्याण्लमा बाबुरामले यस्तो लेखेका छन्, ‘बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्–तपाईं डाक्टर हो ?म–हैन ! किन सोध्नुभो ? उनी–डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर ! केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो ! पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म–कसरी चिन्नुभो ? उनी–फोटो र टिभीमा देखेर! मनमन– शहर र गाउँको राजनीतिक चेत?वा हामी outdated?’





प्रतिक्रिया