बालुवाटार जग्गा प्रकरणः उच्च अदालतले माग्यो फाइल

बालुवाटार जग्गा प्रकरणः उच्च अदालतले माग्यो फाइल


काठमाडौं – उच्च अदालत पाटनले बालुवाटार जग्गा प्रकरण मुद्दासँग सम्बन्धित फाइल मगाएको छ । आइतबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुङ्गेलको इजलाशले बालुवाटारकाण्डसँग जोडिएका पाँच वटा फाइल मगाउने निर्णय गरेको हो ।

आदेशमा मन्त्रिपरिषदको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन भनिएको छ ।

उच्च अदालत पाटनले बालुवाटारको ११३ रोपनी सार्वजनिक जग्गासँग जोडिएको मुद्दामा जिल्ला अदालतले गरेको फैसलाविरुद्ध दायर भएको मुद्दामा फाइल झिकाउने आदेश गरेको हो ।

गत माघ १७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।