काठमाडौं – सरकारले गृहसचिवमा महेश्वर न्यौपानेलाई जिम्मेवारी दिएको छ । सरकारले प्रेमकुमार राईले अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिएको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई गृहसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।z
आइतबारबाट लागू हुने गरी राईले राजीनामा दिएपछि गृहसचिव पद रिक्त रहेको थियो ।
त्यस्तै अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।




प्रतिक्रिया