पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।

अब पेट्रोलको मूल्य ११०, डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो ।

त्यसैगरी ग्यासको मूल्य बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पु‍र्याएको निगमले जनाएको छ ।