काठमाडौं – ह्याचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुराको मासु छोइनसक्नु भएको छ। पुस पहिलो साता प्रतिकिलो २५० रुपैयाँमा बिक्री भएको मासु अहिले ४२० रुपैयाँ पुगेको छ।
व्यवसायीले जानाजान मूल्य बढाउँदा सरकार भने मुकदर्शक बनेको छ। मासु तथा अण्डा उत्पादनको हकमा पशु सेवा विभाग र मूल्य वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागले नियमन गर्नुपर्छ। तर, यी दुई निकायले अनुगमन नै गरेका छैनन्। चल्लाको मूल्य पनि एक सातामै प्रतिगोटा ४० रुपैयाँ बढेको छ।
पुस पहिलो साता कुखुराको मासु प्रतिकिलो २५०, दोस्रो साता २७०, तेस्रो साता २९० रुपैयाँ प्रतिकिलो पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। माघ दोस्रो सातासम्म ४०० रुपैयाँ र तेस्रो सातादेखि प्रतिकिलो ४२० रुपैयाँमा कारोबार भइरहेको छ। उत्पादन नै कम हुँदा मूल्य बढेको संघका सचिव देवकुमार गिरीको दाबी छ। याे समाचार कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया