-टेक बहादुर रजाली मगर \कावासोती – राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरद्वारा सञ्चालित उत्प्रेरणा सम्बन्धि तालिम सम्पन्न भएको छ । काठमाडौं, कास्की, तनहुं, गोरर्खा, लम्जुङ्ग, रुपन्देही, पाल्पा, नवलपरासी जिल्लाको १ दर्जन विद्यालय, क्याम्पस र रोट¥याक क्लब गरि ५ सय ४७ जना सहभागी रहेको तालिमको प्रशिक्षण मोटिभेसनल स्पिकर केबी रानाले दिएका थिए ।
तालिमको सहजिकरण गर्दै प्रशिक्षक रानाले सचेत युवाहरुको कांधमा समृद्व राष्ट्र निर्माण गर्ने अभिभारा आएकोले जिम्मेवार भएर लाग्नुपर्ने बताए । देश बनेन भन्दै अरुलाई सराप्दै विदेश पस्नु भन्दा आफै अग्रसर भएर देश निर्माण अभियानमा जुट्नुपर्छ प्रशिक्षक रानाले भने– “हाम्रो देश कसैले बनाउन सक्छ भने नेपालीले मात्रै सक्छ ।” राष्ट्रिय भावना तथा एकता, अनुशासन, कुशल नेतृत्व क्षमता, उद्यमशिलता र सकरात्मक सोच भएका सचेत युवाहरु मुलकका निम्ति आवश्यक छ । कुनै पनि नागरिकले सम्मान पाउनका लागि पहिला देश बन्नुपर्ने प्रशिक्षक रानाको भनाई छ ।
तालिम पश्चात प्रतिकृया दिंदै प्रशिक्षार्थीहरुले स्वदेशमै उद्यमशिल बनेर राष्ट्र सेवामा लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन् । क्याडेट प्रकाश नेपालीले पैसा कमाउनका लागि विदेश जाने आफ्नो योजनालाई परिवर्तन गरेर स्वदेशमै केही गर्ने उत्साह जागेको बताए ।
राष्ट्रिय सेवा दल पन्ध्रौं व्याचको वार्षिक चौंथो क्याम्प अन्तरगत २१ दिने आवासीय क्याम्पका क्याडेटहरुलाई नेतृत्व, व्यक्तित्व विकास, उत्प्रेरणा, दैवी प्रकोप उद्वार, वाक कला, नृत्य कला, करातें, ड्रिल, कवाज लगायत विभिन्न विद्यामा तालिम प्रदान गरेको मध्यपश्चिम तालिम शिक्षालयका तालिम अधिकृत सेनानी नर बहादुर क्षेत्रीले जानकारी दिए । सेवा दलको अन्तिम दिक्षान्त कवाज यही माघ २८ गते नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापा प्रमुख आतिथ्यता हुने अधिकृत क्षेत्रीले जानकारी दिए ।
युवाहरुको व्यक्तित्व, नेतृत्व विकास, राष्ट्रिय एकताको भाव जागृत गराउने उद्देश्यले सञ्चालित राष्ट्रिय सेवा दल परियोजना नेपाल सरकार सहयोगमा नेपाल आर्मीले २०२२ साल देखि सञ्चालन गर्दै आईरहेको छ । वर्षेनी देशभरिका ५ सय युवाहरुलाई दिंदै आएको यो तालिमको प्रभावकारिता र माग बढ्दै गएपछि सरकारले सहभागी सङ्ख्या वृद्वि गरेको छ । यस वर्ष यो कार्यक्रममा ७ हजार ७ सय युवा विद्यार्थीहरु सामेल गरेका छन् । ७९ दिने संस्थागत तालिम पश्चात २१ दिन वार्षिक सामुहिक क्याम्प गरि १ सय दिने विभिन्न विधामा तालिम आयोजना गर्ने गर्दछ ।







प्रतिक्रिया