कांग्रेसबाट निर्वाचित अछामका वडाध्यक्षको हत्या, क्षतविच्छत अवस्थामा शव भेटियो

कांग्रेसबाट निर्वाचित अछामका वडाध्यक्षको हत्या, क्षतविच्छत अवस्थामा शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ ।

हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छत शव घरदेखि केही टाढाको गोठमा फेला परेको प्रहरीले जनाएको छ । धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

शव भने घरदेखि केही टाढाको गाउँको एक गोठमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दीपक भारतीले जानकारी दिए ।

हत्या कसले र किन गर्यो खुलेको छैन । अनुसन्धानका लागि डिएसपी भारतीको नेतृत्वमा प्रहरी टोली बिहानै घटनस्थल पुगेको छ । उनको राति नै हत्या भएको आशंका स्थानीयले गरेका छन् ।