काठमाडौं – गृहसचिव महेश्वर न्यौपानेले गलत काम गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन् ।
प्रेमकुमार राईको अवकासपछि रिक्त रहेको गृहसचिव पदमा बुधबार पदभार ग्रहण गर्दै सचिव न्यौपानेले अपराधिक काम गर्ने जो कोहीलाई नछाड्ने र कानुनी दायरामा ल्याउने बताएका हुन् ।
साथै उनले नयाँ जिम्मेवारी सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको थियो ।




प्रतिक्रिया