काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक नेता मृत भेटिएका छन् । काभ्रेको नाला घर भएका नेकपाका नेता हरिदेव गिरी काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगरको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत फेला परेका हुन् ।
मंगलबार राति गम्भीर अवस्थामा भेटिएका गिरीलाई प्रहरीले उपचारका लागि अस्पताल पुर्याएको थियो । गिरीको शंकास्पद मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
अनुसन्धानका लागि रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया