काठमाडौं – कलंकीमा दुई जनाको मृत्यु हुने गरी मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुडोलमा भेटिएको छ । नख्खु खोलाको पुल छेउको चन्द्रसूर्य ग्यारेजमा भेटिएको टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले सीसी टीभी फुटेज र र्याडम चेकजाँचका आधारमा खोजतलास गरी टिपर नियन्त्रणमा लिएको जनाएको छ ।
बिहीबार ललितपुरको नख्खु पुल नजिकै रहेको सूर्यचन्द्र ग्यारेजमा रोकी राखेको अवस्थामा बा ४ ख ७५७९ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा रौतहटका हटहरिया गाउँपालिका–४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया–७ का २४ वर्षका मुन्ना चौधरीको मृत्यु भएको थियो ।
फरार रहेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया