जहाजको समस्या छैन्, चीनका विद्यार्थीलाई चाँडै नेपाल ल्याइन्छः प्रवक्ता बाँस्कोटा

जहाजको समस्या छैन्, चीनका विद्यार्थीलाई चाँडै नेपाल ल्याइन्छः प्रवक्ता बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले चीनमा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विद्यार्थीको चिन्ता अभिभावक सरह सरकारले पनि लिइरहेको बताएका छन् ।

उनले सरकार निरन्तर चीनको सम्पर्कमा रहेको बताए । ‘सबै नेपालीहरु सुरक्षित छन् । जहाजको समस्या छैन् । चाँडै नेपाल लिएर आउँछौं’, उनले भने ।

उनले चीनको जस्तो १० दिनमा अस्पताल बनाउन नसक्ने बताए । उनले प्रविधि र कामदारको अभावका कारण नेपालसँग यो सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।