काठमाडौं – चीनको हुवेई प्रान्तको वुहानमा रहेका नेपाली विधार्थीलाई स्वदेश फर्काउन अझै केही समय लाग्ने भएको छ ।
कोरोना भाइरस प्रभावित वुहानमा रहेका नेपालीलाई फर्काएर राख्ने टाउँको टुंगो लागिसके पनि केही प्राविधिक तयारी गर्न बाँकी रहेकाले उनीहरुलाई फर्काउन अझै केही दिन लाग्ने स्वास्थ्य तथा जनसङ्ख््या मन्त्रालयल जनाएको छ ।
सरकारले चीनबाट फर्काइने नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडांैको इचङ्गुनारायणमा रहेको सुकुम्बासी आवास भवन, शिवपुरीको सैनिक ब्यारेक, भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरण तालिम केन्द्र र सूर्यविनायकको सैनिक ब्यारेकमा राख्न निर्देशन दिईसकेका छन् ।
चीनबाट फर्कन आवेदन दिएका १ सय ८० जनालाई कहाँ, कति जनाका दरले राख्ने भन्ने तय गरी त्यसैअनुसारको कक्ष बनाउनुपर्ने भएकाले कम्तीमा अझै एक–दुई दिन लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया