काठमाडौं – सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले दाइजोमा पाएको छाउनीको जग्गा नेपाल ट्रस्टको नाममा ल्याउने काम गैर संवैधानिक रहेको भन्दै परेको रिट खारेज गरिदिएको छ ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले प्रेरणाका तर्फबाट परेको रिट खारेज गरिदिएको हो ।
यससँगै उक्त जग्गा अब नेपाल ट्रस्टकै नाममा ल्याउन मार्ग प्रशस्त भएको छ । प्रेरणाले छाउनीमा दाइजोस्वरूप पाएको १५ रोपनी जग्गा र त्यसमा बनेको घरसमेत ट्रस्टको नाममा ल्याउने सरकारी निर्णयलाई यसअघि नै अदालतले सदर गरिदिएको थियो ।




प्रतिक्रिया