डिसहोममा ‘डिलर दाईको डिस्काउन्ट’ अफर

डिसहोममा ‘डिलर दाईको डिस्काउन्ट’ अफर


काठमाडौं – डिसहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिसहोममा ‘डिलर दाईको डिस्काउन्ट’ नामक अफर ल्याएको छ । जस अनुसार डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गरेबापत एड अन प्याकेज सहित साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ ।

हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्नेछन् । विक्ली लक्की ड्र कार्यक्रम माघ २७ गते देखि बाषिर्क रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ ।

साप्ताहिक लक्की ड्र फागुन २ गतेबाट डिशहोमका सोकेस च्यानल नम्बर १००मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबारसम्म बाषिर्क रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुत्रबारको लक्की ड्रमा मा समावेश गरिनेछ ।

फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्नेे ग्राहकहरुलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिने छ । समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको क्यास आईडीको आधारमा विजेताको घोषणा गरिने छ ।

बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।