काठमाडौं – नेपालमा डिटिएच(डाइरेक्ट टु होम) टिभीको सेवा दिइरहेको डिश होम नेटवर्कले इन्टरनेट सेवा पनि दिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट सेवा सञ्चालन अनुमति पत्र पाएपछि कम्पनीले तयारी गरिरहेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार पहिलो चरणमा परीक्षणका रुपमा काठमाडौंका केही ठाउँबाट सेवा सुरु हुने भएको छ ।
पाटन, तीनकुने र भैसेपाटीजस्ता ठाउँबाट यो सेवा सुरु हुने र विस्तारै देशव्यापी रुपमा जाने उनको भनाइ छ ।
देशका अधिकांस स्थानमा एन्टेनाको माध्यमबाट टिभी सिग्नल वितरण गरिरहेको कम्पनीले त्यही सञ्जालबाट इन्टरनेट पनि वितरण गर्ने योजना बनाएको छ ।
तार नपुग्ने ठाउँमा स्याटेलाइटबाट पनि इन्टरनेट दिने कम्पनीको योजना छ । फोरजी नपुगेको र तार लिन नसक्ने ठाउँमा डिशहोमसँगै इन्टरनेट वितरण गर्ने कम्पनीको योजना रहेको छ । तर स्याटेलाइट इन्टरनेट महंगो हुने भएकाले कम्पनीले तत्काल यसमा हात हाल्ने सम्भावना भने छैन ।
कम्पनीका अनुसार देशभर १५ लाख डिशहोमका ग्राहक छन् । डिजिटल टिभी पनि डिशहोमले सञ्चालन गरिरहेको छ ।




प्रतिक्रिया