सुजुकीले ल्यायो ‘खुसीको साँचो’ अफर

सुजुकीले ल्यायो ‘खुसीको साँचो’ अफर


काठमाडौं – नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निःशुल्क बिमाको सुविधा पाउने कम्पनीले जनाएको छ । यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के १०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल ६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको छ ।