एमसीसी अध्ययन कार्यदलको म्याद थप्ने तयारी

एमसीसी अध्ययन कार्यदलको म्याद थप्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – झलनाथ खनालको नेतृत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलले १० दिनको समयभित्र प्रतिवेदन तयार पार्न नसक्ने निष्कर्ष निकालेको छ । कार्यदलले म्याद थपका लागि नेकपा नेतृत्वसँग आग्रह गर्ने भएको हो ।

मंगलबार सिंहदरबारमा बसेको तीन सदस्यीय कार्यदलको बैठकले म्याद थपका लागि नेकपा सचिवालयसमक्ष माग गर्ने निर्णय गरेको हो ।

गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले पाएको १० दिने समयसीमा बुधबार सकिँदैछ ।

कार्यदलका संयोजक झलनाथ खनालले सचिवालयले तोकेको समयमा लेखन कार्य नभ्याइने बताए । उनले लेखन कार्य नसकिए म्याद थप्ने जानकारी दिए ।