अख्तियारको कामलाई नजिकबाट नियालिरहेका छौंः कांग्रेस

अख्तियारको कामलाई नजिकबाट नियालिरहेका छौंः कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारविरुद्धको मुद्धालाई राजनीतिक आधारमा टुंगो लगाइने बताएको छ ।

गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गराएको भ्रष्टाचार मुद्दाको विरोध गर्दै आएको कांग्रेसले सदन खुल्ला गर्दै यस्तो बताएको हो ।

‘सभामुख महोदय अब कांग्रेसले गच्छदारको विषय राजनीतिक रुपले अघि बढाउने छ’, भुषालले भनिन् ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकबाट तीन पटकसम्म अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्न दिने निर्णय गरेको थियो ।

बैठकमा बोल्दै सचेतक पुष्पा भुषालले बालुवाटारको जग्गा विक्री प्रकरणमा चलेको मुद्दालाई सरकारले उपलब्धीमूलक भनेकाले अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएकोमा कुनै शंका नरहेको दाबी गरिन् ।

उनले अख्तियारको ध्यानाकर्षण गराउन र आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन सचेत गराउन संसद अवरुद्ध गरेको बताइन् ।

अख्तियारलगायत संवैधानिक अंगहरु सरकारको प्रवाहमा परेर कुनै गलत काम गर्नु हुन्न कुनै निर्णय गर्नुहुन्न भन्ने सन्देश दिन खोजेको कांग्रेसले बताएको छ ।

नेतृ भुसालले अख्तियारको कामलाई प्रमुख प्रतिपक्षी दलले नजिकबाट नियालिरहेको बताइन् ।

उनले सबै निकायको ध्यानाकर्षण गराउन ३ दिन संसद अवरोध गरेको बताइन् । उनले भनिन्, ‘यदि सरकारको छाया वनेर बस्ने भए अख्तियार जस्ता निकाय किन परिकल्पना गरियो सभामुख महोदय ?’

नेपाली कांग्रेसले लोकतान्त्रीक मुल्य मान्यताको परिकल्पना गरेर नै संसद खुलाएको उनको भनाइ थियो ।