चीनबाट ल्याइने विद्यार्थीलाई खरिबोटमा राखिनु हुँदैन : सांसद सुवाल

चीनबाट ल्याइने विद्यार्थीलाई खरिबोटमा राखिनु हुँदैन : सांसद सुवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले कोरोना भाइरस संक्रमित चीनबाट ल्याइने विद्यार्थीलाई भक्तपुरमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले क्वारेन्टाइनस्थल घनाबस्तीमा राख्न नहुने भन्दै आपत्ति जनाएका हुन् । सरकारले चीनबाट ल्याइने विद्यार्थी राख्नका लागि भक्तपुरको खरिबोटस्थित विद्युत प्राधिकरणको दुई वटा भवन खाली गराएको छ ।

सांसद सुवालले आजको संसदमा बोल्दै सरकारी जग्गा हिनामिना प्रकरणमा केही महिना अघि नै झुक्याएछ भन्दै मन्त्रीहरुले संरक्षणको भाषा बोलेको आरोप लगाए ।

उनले भने, ‘सरकारी जग्गा झुक्किएको भन्दै मन्त्रिपरिषदबाट नीतिगत निर्णय होइन । यो सुनियोजित काम हो । कानुनको मुखमा बुजो लगाउन मन काम हो । यो जफत गरिएको होइन अधिक्रमण गरेको जग्गा हो ।’