अख्तियारका प्रमुख आयुक्तमाथि महाअभियोग लगाउन सांसदकाे माग

अख्तियारका प्रमुख आयुक्तमाथि महाअभियोग लगाउन सांसदकाे माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टीका एक जना सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुमाथि महाअभियोग लगाउनुपर्ने माग गरेकी छन् । सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा प्रमुख आयुक्तमाथि महाअभियोग लगाउनुपर्ने माग गरेकी हुन् ।

उनले अख्तियार आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले इमान्दारितका साथ काम नगरेको बताइन् । उनले राजनीतिक नियुक्तीमा लेनदेन भएको तर संसदप्रति विश्वास घटिरहेको पनि बताइन् ।

‘अख्तियार आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुले काम ठीकसँग गरेनन् । इमान्दारिताका साथ गरेनन् । कार्यक्षमता अनुसार काम नभएको र बाएस्ड भएर काम गरेकाले महाअभियोगको प्रस्ताव दर्ता किन गर्न सकिँदैन ?’, उनले भनिन् ।

उनले प्रमुख प्रतिपक्षीलाई सन्तुलित रुपमा अघि बढ्नुपर्ने बताइन् । गिरीले सुशिला कार्की, लोकमान सिंह कार्की्विरुद्ध महाअभियोग लगाइएको स्मरण गर्दै महाअभियोगको प्रस्ताव दर्ता गर्न प्रतिपक्षीसँग अनुरोध गरिन् ।

उनले विष्णु पौडेलका छोरा र सर्वोच्च अदालतको न्यायाधिसमाथि जग्गा फिर्ता गर्दा मुद्दा नचलेको बताइन् । उनले मन्त्री पद्मा अर्यालले उक्त जग्गा सरकारको नाममा जग्गा ल्याएको बताउँदै गल्ती स्वीकार गरेर जग्गा फिर्ता गर्नेमाथि उन्मुक्ति मिल्छ ? भन्दै प्रश्न गरेकी थिइन् ।