काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी व्रत कथाका पानाहरू च्यात्नुपर्ने बताएकी छिन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्याउनुपर्ने माग गरेकी हुन् ।
‘छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषी पञ्चमी ब्रत कथाका पाना च्यात्न सकोस्’ उनले भनिन् ‘सम्माननीय सभामुखज्यूमार्फत म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले सरकारले चलाएको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य रहेको बताइन् । ‘सदियौंदेखि महिलालाई जगडेर राखेको यो कुरीतिलाई हटाउन केबल बारीमा भएको छाउगोठ मात्र भत्काएर हुँदैन । मान्छेको मन मस्तिकबाट छाउगोठ भत्काउनुपर्छ,’ उनले भनिन् ।




प्रतिक्रिया