मन्त्रीलाई रंगमती शाहीले च्यालेन्ज दिएपछि… (भिडियाेसहित)

मन्त्रीलाई रंगमती शाहीले च्यालेन्ज दिएपछि… (भिडियाेसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले हुम्ला जिल्लाका स्थानीय तहमा लाल झण्डावाला कर्मचारीहरूको सुरुवा गरेर राख्न चेतावनी दिएकी छिन् ।

मंगलबारको संसदको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहीले जिल्लाका सात वटा गाउँपालिकामा कर्मचारीहरू नरहेको बताइन् । उनले भएका कर्मचारीहरूलाई पनि कम्युनिस्ट सरकारले सरुवा गरिदिएको भन्दै आक्रोश पोखिन् ।

‘देशभरि कर्मचारीको अपुग छ । हुम्ला जिल्लामा सात वटा गाउँपालिका छन् । जम्मा एउटा गाउँपालिकामा एक जना अधिकृत लेबलको कर्मचारीले राम्रो काम गर्‍यो भनेर जाजरकोट जिल्ला सरुवा गर्ने काम गरिएको छ’, शाहीले भनिन्, ‘सरुवाको लागि सिफारिस गर्ने गाउँपालिकाको कार्यबाहक उपाध्यक्षले कर्मचारीलाई सरुवा गरिदिनुभएको छ ।’

उनले सरुवा भएर आएका विकास जिसी अत्यन्तै गैह्रजिम्मेवार कर्मचारी भएको बताइन् ।

‘संघीय मामिला तथा स्थानीय विकास मन्त्रीज्यूलाई यहीबाट च्यालेञ्ज दिन चाहन्छु । तपाईको ताकत छ भने सात वटा गाउँपालिकामा लाल झण्डा बोकेका सातौँ तहका कर्मचारी पठाउनुस्’, सांसद शाहीले भनिन् ।

सांसद शाहीले हुम्ला जिल्लामा स्थानीय तहमा कर्मचारीहरूको ठूलो अभाव रहेको बताइन् । उनले भएका कर्मचारीलाई पनि कम्युनिस्टहरूले लखेटेर काम नलाग्ने कर्मचारी ल्याएको गुनासो गरिन् ।