चीनमा कोरोना भाइरसबाट एकै दिन २४२ जनाको मृत्यु, मोबाइल वल्र्ड कांग्रेस रद्ध


काठमाडौं – चीनमा कोरोनाभाइरसको कहर जारी रहेको छ । यसको संक्रमणका कारण मृत्यु हुनेको संख्यामा लगातार वृद्धि भइरहेको छ ।

चीनमा हाल सम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या १३०० नाघेको छ । बुधबार मात्रै २४२ को मृत्यु भएको थियो । यसैगरी यो संक्रमणका कारण बार्सिलोनामा हुने मोबाइल वल्र्ड कांग्रेसमा पनि नराम्रो असर परेको छ । फेब्रुअरीको २४ देखि २७ सम्म हुने यो आयोजना पनि रद्ध भएको छ ।

जीएसएमएका सीईओ जोन हाफम्यानले कोरोनाभाइरसका कारण यो आयोजना हुन असम्भव भएको बताएका छन् । एमडब्लूसी फेब्रुअरीको २४ देखि २७ सम्म बार्सिलोनामा आयोजना हुने कार्यक्रम रहेको थियो ।

विभिन्न ठूला कम्पनीहले कोरोनाभाइरसका कारण मोबाइल वल्र्ड कांग्रेसलाई पाखा लगाएका छन् । जसमा एरिक्सन, अमेजन, सोनी, इन्टेल, एलजी, मीडिाय टेक, भिभो, फेसबुक र नोकिया रहेका छन् ।

मोबाइल वल्र्ड कांग्रेस कम्पनीका लागि ठूलो प्लेटफर्म

यस पटक मोबाइल वल्र्ड कांग्रेसमा २०० देशका करिब १ लाख प्रतिनिधि समावेश हुने तय भएको थियो । मोबाइल वल्र्ड कांग्रेस सबै ठूला कम्पनीका लागि आफ्नो उत्पादन लन्चिङ गर्नका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म हुने गरेको थियो ।

उद्योगसँग सम्बन्धित मानिसका अनुसार कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । किनकी ठूला मोबाइल कम्पनीहरु चीनका रहेका छन् । जसमा शाओमी, ओपो, भिभो, रियलमी तथा पोको प्रमुख रहेका छन् । कोरोना भाइरसका कारण कम्पनीहरुको कारोबारमा असर परिरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय जन–स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संगठनका महा निर्देशक टे«डोस अदनोमले भनेका छन्, ‘नयाँ कोरोना भाइरसबाट ग्रस्त निमोनियालाई संगठनले सीओभीआईडी–९ नाम दिएको छ ।’ पहिलो खोप १८ महिनाभित्र तयार गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement