काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८ स्थित तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा आक्रमण गर्ने थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–९ सुनखानीका ३३ वर्षीय लोकेन्द्र तामाङ रहेका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख फलबहादुर तामाङले जानकारी दिए ।
लाकेन्द्रलाई आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो । गत माघ २५ गते शुक्रबार मध्यराति १०–१२ जनाको अज्ञात समूहले मापसे गरेर हो–हल्ला गर्दै हिँडेको बेला चौकी आक्रमण गरेको थियो ।
आक्रमणबाट तिपेनी चौकीका प्रहरी प्रमुख (असई) सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका थिए । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया