साधारण तारेखमा छुटे दुर्गा प्रसाई

साधारण तारेखमा छुटे दुर्गा प्रसाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा सुटुक्क हाजिर भएर छुटेका छन् ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले अभद्र व्यवहार कसुरमा दायर गरेको मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित भएर प्रसाई रिहा भएका हुन् ।

उनलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले साधारण तारेखमा रिहा गर्न आदेश दिएकी हुन् । गिरीले प्रसाईविरुद्ध प्रशासनमा अभद्र व्यवहार र जिल्ला अदालत काठमाडौंमा मानहानी मुद्दा दर्ता गराएका थिए ।

बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धनका लागि गिरीले १५ मंसिरमा २० करोड घुस मागेको आरोप प्रसाईले लगाएका थिए ।

त्यसपछि गिरीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अभद्र व्यवहारको मुद्दा दायर गरेका थिए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी परेको थियो ।