६ लाखसहित तारकेश्वरबाट १६ जुवाडे पक्राउ

६ लाखसहित तारकेश्वरबाट १६ जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–९ बाट ६ लाख २५ हजार रुपैयाँ नगदसहित प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेकाे छ ।तारकेश्वर–९ को शुभकामना चोकमा रहेको केशव पाण्डेको घरमा जुवा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ प्रहरीले नगदसहित उनीहरूलाई पक्राउ गरेकाे हो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

बोगटीका अनुसार, पाण्डेको घरमा भाडामा बस्दै आइरहेका दिनेश पन्तले जुवा खेलाउने गरेको पाइएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ का ४२ वर्षीय शंकर डंगोल, राजु गुरुङ, धादिङ सल्यानटारका पदम अधिकारी, गल्छी गाउँपालिकाका दिनेश कुँवर, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाका ६० वर्षीय मोहन खड्का, शिवजी शिवाकोटी र सूर्यविनायक नगरपालिका–१० का ४६ वर्षीय देवेन्द्र केसी छन् ।

त्यसैगरी, मकवानपुर इन्द्रसरोवरका श्याम सुन्दर नगरकोटी, काठमाडौं नगरपालिका–३ का देवरत्न श्रेष्ठ, स्याङ्जा चापाकोटका विमल मगर, नागार्जुन–१ का रोशन ठकुरी, तारकेश्वर–६, काठमाडौंका रामशरण खत्री, नुवाकोट पञ्‍चकन्याका दिनेश पन्त, गोरखा धार्चेका बुद्धिबहादुर गुरुङ, आरुघाट–२ का अनुप गुरुङ र धादिङका इन्द्रराज बिडारी पनि जवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । पक्राउ गरेको उनीहरूबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।