सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।