निवर्तमान सभामुख महराको मुद्धामा बहस सकियो, फैसला केही बेरमा

निवर्तमान सभामुख महराको मुद्धामा बहस सकियो, फैसला केही बेरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कारको अभियोग लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्ष र विपक्षमा कानुन व्यवसायीले आज (आइतबार) अन्तिम बहस गरेका हुन् ।  दुवै पक्षको बहसपछि अब केहीबेरमा उनको मुद्दामा फैसला सुनाइने अदालत स्रोतले जनाएको छ ।

महराविरुद्ध सरकारी वकिलले बहस गरेका थिए भने उनको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । गत असोज पहिलो साता महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले आफूमाथि बलात्कारको आरोप लगाएकी थिइन् । आरोप लागेपछि उनले असोज १४ गते राजीनामा दिएका थिए ।