काठमाण्डु– बागलुङका किसानका लागि आएको अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
बागलुङमा किसानका लागि अनुदानमा बिक्री गर्न राखिएको युरिया मल अन्य जिल्लामा पठाएको पाइएपछि आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–६ का दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्य छन् ।
प्रहरीका अनुसार किसानका लागि जिल्लामा तोकिएको कोटाअनुसार बिक्री गर्नुपर्ने मल अन्यत्र पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअनुसार अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया