‘सतीदेवी’ को ट्रिजर भोलि सार्वजनिक गरिने

‘सतीदेवी’ को ट्रिजर भोलि सार्वजनिक गरिने


काठमाण्डु–सामाजिक कथानक चलचित्र ‘सतीदेवी’ को ट्रिजर शुक्रबार सार्वजनिक गरिने भएको छ । चलचित्र ‘सतीदेवी’ का निर्देशक लक्ष्मण सुवेदीले शुक्रबार दिउँसो १ बजे ओएसआर डिजिटलमार्फत ट्रिजर सार्वजनिक हुने बताएका छन् ।

चलचित्र आगामी साउन ४ गतेदेखि प्रदर्शनमा आउने छ । चलचित्रमा सतिदेवीको भूमिकामा अभिनेत्री मलिका महत रहेकी छन् । चलचित्र सतिदेवीको दुई वटा पोस्टर यसअघि सार्वजनिक भइसकेको छ ।

पोस्टरमा उनले नवजात शिशुलाई स्तनपान गराइरहेको दृश्य देख्न सकिन्छ । केही महिनाअघि सार्वजनिक भएको फर्स्टलुक पोस्टरमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटिरहेको दृश्य थियो । भर्खरै सार्वजनिक भएको दोस्रो पोस्टरमा भने अभिनेत्री मलिका नवजात शिशुलाई स्तनपान गराइरहेकी छिन् । उनीसँगै दुई बालिकाहरु हर्षिका वली र मन्जिला बाँनिया बिछिप्त अवस्थामा रोइरहेको देख्न सकिन्छ ।

चलचित्रमा अभिनेत्री मलिकासँगै कलाकारहरु हर्षिका, मञ्जिला, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीलगायतको अभिनय छ ।