सौर्य एयर विमान दुर्घटना : ११ शव परिवारले बुझे

सौर्य एयर विमान दुर्घटना : ११ शव परिवारले बुझे


काठमाण्डु-सौर्य एयरलाइन्स विमान दुर्घटनाका मृत्यु भएका ११ जनाको शव परिवारले बुझेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् ।

विदेशी नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने छ ।

बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमा त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनको मृत्यु भएको थियो ।