अब नेपालीले ५ लाख अमेरिकी डलरसम्म ऋण पाउने


काठमाण्डौ – नेपाली नागरिक, फर्म तथा संस्थाहरुले अब ५ लाख अमेरिकी डलरसम्म ऋण लिन पाउने भएका छन् । आर्थिक वर्ष २०७४र७५ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा। चिरञ्जीवी नेपालले ऋणको सीमा बढाउने घोषणा गरेका हुन् ।

यसअघि २ लाख अमेरिकी डलरसम्ममात्र ऋण लिन पाउने व्यवस्था थियो ।

आफ्नो व्यवसाय गर्न, भइरहेको व्यवसाय विस्तार गर्न ऋण लिन सकिनेछ । तर यसका लागि नेपाल राष्ट्र बैँकको पूर्व स्वीकृति लिन आवश्यक हुनेछ ।

ऋण विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैर आवासीय नेपाली तथा संघ संस्थाबाट बैँकले तोकेको शर्तको अधिनमा रही लिन सकिनेछ ।

भारतको हकमा भने ५ करोड भारतीय रुपैयाँसम्म ऋण लिन सकिने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement