आर्थिक वर्ष २०७४\ ७५ को मौद्रिक नीति यस्तो छ


काठमाण्डौ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४\ ०७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आइतबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र बैंकको छ । ७।२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्यलाई सघाउने लक्ष्य मौद्रिक नीतिले लिएको छ । बैंक तथा वित्तीय संस्थालाई बाध्यकारी मर्जर नीति अबलम्बन गर्ने नीति छ ।

२०७४ असार मसान्तभित्र न्यूनतम चुक्तापुँजी पूरा नगर्ने बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश, बोनस सेयर र शाखा विस्तारमा रोक लगाउने नीति राखिएको छ । नीतिले व्यक्तिगत घर कर्जाको सीमा १ करोडबाट १ करोड ५० लाख पुर्‍याइएको छ । सवारी कर्जामा बैंकहरूले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने भएका छन् । यसअघि यो सीमा ५० प्रतिशत थियो ।

मौद्रिक नीतिको पूर्णपाठ हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Advertisement