आशिका तामाङलाई रास्वपाकै सांसदले संसदबाट बाहिर निकाले

आशिका तामाङलाई रास्वपाकै सांसदले संसदबाट बाहिर निकाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् आशिका तामाङलाई संसद बैठकबाट बाहिर निकालिएको छ ।

रास्वपाकै सांसहरुले उनलाई बैठक कक्ष बाहिर निकालेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कार्यसूचीमै समावेश नगरी नियमावलीको प्रावधानविपरीत संसदमा जवाफ दिन आएको विषयमा विपक्षी दलका सांसदले नियमापत्ति गरेका थिए ।

उनीहरुले सभामुख डिपी अर्यालको भूमिकामा पनि प्रश्न उठाए । लगत्तै तामाङ उग्र रुपमा विपक्षी सांसदमाथि जाइलागिन् ।

रास्वपाका सांसदहरु रञ्जु न्यौपाने, भूमिका श्रेष्ठ लगायतले तामाङलाई सम्हालेर बाहिर निकालेका हुन् ।