‘केलादीका सन्त’ विमोचित


 

रामपुर (पाल्पा), ९ पुस । नेपाल नेम्वार्क पीठ राधा दामोदर मन्दिर केलादीधामका महन्त गोपालशरण देवाचार्यले स्याङ्जाली साहित्यकार देवीप्रसाद वनवासीद्वारा लिखित ‘केलादीका सन्त’ शीर्षक पुस्तक शुक्रबार विमोचन गर्नुभएको छ ।

कालीगण्डकीको धार्मिक ऐतिहासिक महत्वको विषयमा लेखिएको पुस्तकमा ऐतिहासिक एवं धार्मिक पर्यटकीय नगरी केलादीधाम क्षेत्र र कालीगण्डकीको महत्वसम्बन्धी विषय समेटिएको छ ।

तिलकुमारी साहित्यिक प्रतिष्ठान संस्थाका अध्यक्ष समेत रहनुभएका वनवासीले मन्दिरको स्तरोन्नतिका लागि रु ५० हजार सहयोग पनि गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement