काँग्रेसले हेपेको भन्दै बागमती प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी, मन्त्रीहरुको सामूहिक राजीनामा आउने

काँग्रेसले हेपेको भन्दै बागमती प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी, मन्त्रीहरुको सामूहिक राजीनामा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ ।

नेपाली कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो ।

बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको निर्णयअनुसार मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेको जानकारी दिए ।

उनका अनुसार कांग्रेसले सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि एमालेले पनि सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

‘कांग्रेसको निर्णयपछि हामीले उहाँहरूसँग कुरा गर्‍यौँ’, उनले भने, ‘उहाँहरूले अगाडि सहकार्य गर्न सकिँदैन भन्नुभयो । हामी अब सरकारबाट बाहिरिन्छौं ।’
उनले केन्द्रको निर्देशनपछि प्रदेशका मन्त्रीहरूलाई राजीनामा दिन भनिएको बताए ।

बागमती प्रदेश सरकारमा एमालेबाट ६ जना मन्त्री छन्। मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेका थए । उनले एमालेका सबै ६ जान मन्त्रीलाई विना विभागीय भूमिकामा सीमित गराएका थिए ।

एमाले सरकारबाट बाहिरिएसँगै बागमती प्रदेश सरकार संकटमा परेको छ ।