काभ्रेमा बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

काभ्रेमा बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको बुच्चाकोटमा सवारी बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् ।

बनेपाबाट सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार अपराह्न बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटना भएको हो ।

काभ्रे प्रहरीका डिएसपी रविन विष्टले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।

प्रहरीले घटनाको कारणबारे अध्ययन भइरहेको जनाएको छ ।