काठमाण्डु– व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।
शुक्रबार मनी लाउण्डरिङ्ग निवारण ऐन, २०६४ अन्तर्गत ३४ जना व्यक्ति र ५ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
मुद्दामा प्रतिवादी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा , शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा र शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख बराबरको बिगो दाबी गरिएको छ।
अनुसन्धानपछि ३९ प्रतिवादीविरूद्ध एक खर्ब ६ अर्ब दुई करोड ५० लाख १० हजार ७४७ रुपैयाँ बिगो दाशी गरेर अभियोगपत्र तयार गरेको हो।
मुद्दामा हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, हिमालयन क्यापसर्व लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक, उच्चपदर्थ कर्मचारी र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्षले गैरकानुनी कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ।
यस्तै विशेष अदालतले बिहीबार भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाएर उच्च अदालत पाटनको वाणिज्य इजलासमा बैंकिङ कसुरको मुद्दा समेत दर्ता गरेको थियो ।
उनीहरुविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरिएको छ।
भट्टले सम्पत्ति शुद्धीकरण गरेको आरोपमा गत चैत १९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो। अहिले उनी हिरासतमा छन्।







प्रतिक्रिया