काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कामुप्रधानन्यायाधीश सपना मल्ल प्रधानले दरपीठ गरिएका रिट तत्काल दर्ता गरेर इजलास तोक्न आदेश दिएकामा आपत्ति जनाएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद यज्ञमणि न्यौपानेले मल्लाको आदेशप्रति आपत्ति जनाएका हुन् ।
मल्लले मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिससहित संवैधानिक परिषदको निर्णयविरुद्धकासर्वोच्च प्रशासनले दरपीठ गरेका रिट दर्ता गर्न सोमबार लिखित आदेश दिएकी थिइन् ।
न्यौपानेले अदालतको आफ्नै सीमा र मर्यादा रहेको भन्दै मल्लले कुन इजसालबाट उक्त आदेश दिएकी हुन् भन्ने प्रश्न गरे ।
‘कामुप्रधानन्यायाधीश श्री सपना प्रधान मल्लज्यूको आदेश मिडियामा छरपस्ट आएको छ । यो आदेश इजलास संयुक्त हो कि एकल, वृहत वा पूर्ण हो कि ? संविधानको कुन धाराले गाइडेड गरेको इजलास हो यहाँ देखिन्नँ ’, न्यौपानेले भने ।
स्वार्थको द्वन्द्व ( (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) झल्किने गरी प्रधानन्यायाधीशको चेम्बरबाट आदेश आउन थाल्नुलाई न्यायालयको अतिरिक्त सक्रियाको रुपमा बुझ्नुपर्ने तर्क गरे ।
अदालतमा २७ हजारभन्दा बढी मुद्धा पेन्डिङमा रहेको भन्दै उनले ती मुद्धाको फस्र्योटमा चासो राख्नुको साटो स्वार्थको द्वन्द् देखिने विषयमा अदालत सक्रिय बन्न थालेको आरोप लगाए ।




प्रतिक्रिया