चन्द्रागिरीमा मिनि ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो

चन्द्रागिरीमा मिनि ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुको चन्द्रागिरीमा सोमबार बिहान भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ ।

चन्द्रागिरी नगरपालिका–१५ स्थित तीनथाना चोकमा बा.प्र.०२–०३८प९८९७ नम्बरको स्कुटर र लु१क ४२५६ नम्बरको मिनि ट्रक आपसमा ठोक्किँदा स्कुटर चालक ४० वर्षीय दीपक नेपाल र पछाडि सवार ५६ वर्षीया शुभद्रा कुमारी नेपाल गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई तत्काल उपचारका लागि ललितपुरस्थित बीएन्डबी अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक दीपक नेपाल चन्द्रागिरी नगरपालिका–१२ हरीयाली र शुभद्रा चन्द्रागिरी–१४ निवासी हुन् ।

दुर्घटनापछि मिनि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।