जग्गा विवादमा आफ्नै बाबुको हत्या गरे दुई छोराले


कलैया– बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले बाबुको हत्या गरेका छन्।

 

बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिराका हीरालाल महतोलाई उनका छोराहरु सुशील र सुनिल मिलीले हत्या गरेको प्रहरीले जनाएको छ।

 

 

बाँसको भाटाले आफ्ना बाबुको टाउकालगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएकामा जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए।

 

 

महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement