दिल्ली उडे रवि लामिछाने

दिल्ली उडे रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणका सिलसिलामा दिल्ली उडेका छन् ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने सोमबार अपराह्न दिल्लीका लागि उडेका हुन् ।

लामिछानेका साथमा पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा पनि दिल्ली गएका छन् ।

४ दिने भारत बसाइका क्रममा लमिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नवीनलगायतसँग भेट्नेछन् ।

यस्तै उनले भारतमा रहेका नेपाली समुदाय र रास्वपा समर्थकसँग पनि छलफल गर्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले बताए ।

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको पृष्ठभूमिमा भएको लामिछानेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।