काठमाण्डु –सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष विपक्षी दलहरूले निकालेका छन् ।
विपक्षी दलहरूको सोमबार बसेको बैठकले प्रधानमन्त्री बालेन शाहले यस विषयमा माफी माग्नुपर्ने माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको भन्ने प्रधानमन्त्रीको भनाइ राष्ट्रघाती भएको बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।
उनले प्रधानमन्त्रीको यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने र प्रधानमन्त्रीले संसद्बाटै देशबासीसँग माफी माग्नु पर्ने बैठकले निर्णय गरेको बताए ।
उनले प्रधानमन्त्री शाहले माफी नमागेसम्म विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेको पनि बताए ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थियो ।




प्रतिक्रिया