काठमाण्डू–विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
पर्सा जिल्ला अदालतले मंगलबार प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।
प्रहरीले सोमबार प्रसाईंलाई वीरगञ्जबाट पक्राउ गरेको थियो । पर्सा प्रहरीले सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने र राज्यविरुद्ध उक्साउने गतिविधि गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको दाबी प्रहरीले गरेको छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।




प्रतिक्रिया