दुर्गा प्रसाईंमाथि राज्यविरूद्धको कसुरमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर

दुर्गा प्रसाईंमाथि राज्यविरूद्धको कसुरमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा दुईवटा मुद्धा दर्ता भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय पर्साले सोमबार प्रसाईंविरुद्ध दुई मुद्धा दायर गरेको हो ।

प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताले जानकारी दिए । प्रहरीले प्रसाईंलाई गत ४ जेठमा वीरगञ्जबाट पक्राउ गरेको थियो ।

सर्वोच्च् अदालतले केही दिनअघि प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न प्रहरीलाई आदेश दिएको थियो । न्यायाधीशरु विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार अनुसन्धान सकिएको भए मुद्धा दर्ता गर्न र नभए म्याद नथपी रिहा गर्न प्रहरीलाई आदेश दिएको थियो ।

प्रहरीले अदालतको आदेश पालना गर्दै मुद्धा दायर गरेको जनाएको छ । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले सर्वोच्चको आदेशअनुसार अनुसन्धान सकाएर मुद्धा दायर गरिएको जानकारी दिए ।

विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहने प्रसाईंलाई प्रहरीले शान्ति सुरक्षामा खलल पार्ने गतिविधि गरेको तथा साइबर अपराध गरेको आरोपमा पटकपटक पक्राउ गर्दै आएको छ ।